हतियारसहित नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई स्थानीयले लखेटे

२३ कात्तिक, २०७७, कञ्चनष्पुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी) लाई स्थानीयले लखटेका छन् ।
नेपाली पक्षसँग कुनै पनि समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणसँगै रहेको नहर नापी रहेको भारतीन एसएसबीलाई बेलौरी नगरपालिका–१० भुडाका स्थानीयले लखेटेका हुन् ।
विवादास्पद रहेको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको भारतीय सुरक्षा बल एसएसबीले हतियारसहित निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको बेलौरी नगरपालिका–१० का वडासदस्य रामनाथ चौधरीले बताउनुभयो ।
बेलौरी नगरपालिका–१० भुडामा वषौँदेखि सीमा विवाद रहेको छ । उक्त क्षेत्रमा भारतीय एसएसबी हतियारसहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको पाइएपछि स्थानीयले लखेटेका हुन् ।अन्तर्राष्ट्रिय सीमा विवाद मिलाउन सरकारले टोली गठन गरेको भए पनि एकलौटीरुपमा भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेर नाप्नु गलत रहेको अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले बताउनुभयो ।
बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोली, ३४ र ३३ भएको क्षेत्रमा हतियारसहित आएका एसएसबीले एकतर्फी रुपमा भूमि नापिरहेका बेला स्थानीयले लखेटेका हुन् ।
प्रतिक्रिया