Main News
कोरोना नियन्त्रण र उपचारमा सरकार नयाँ नीति अपनाउने तयारीमा
२०७७ कार्तिक २३ गते १३:२२
२३ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने भएको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।
सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेशसहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसिरहेको छ ।
बैठकबाट कोरोना महामारीको संकटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास गरिएको छ । केही दिनयता सङ्क्रमित हुने सङ्ख्या तुलनात्मक रूपमा घटे पनि सङ्क्रमण घटेको छैन ।
नेपालमा संक्रमितको एक लाख ९१ हजार ६३६ पुगेको छ । मृतकको सङ्ख्या बढेर एक हजार ८७ पुगेको छ ।
प्रतिक्रिया