Main News

नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १६:३१
नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

२२ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । २७ सय ५३ संक्रमित थपिएका छन् ।

नेपालमा संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । यस्तै अहिलेसम्म १ हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा थप १५ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १२ सय ९४, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ७७ संक्रमित थपिएका छन् । उपत्यकावाहिर मोरङमा २ सय ४५, सुनसरीमा १ सय ३३, रुपन्देहीमा ८५, कास्कीमा ८२, कैलालीमा ७७ र काभ्रेमा ७३ संक्रमित बढेका छन् ।

नेपालमा थप २२ सय ६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ । देशभर ३५ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ४ सय २३ नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *