Main News

निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १८:४९
निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

२१ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने ‘अन्तिम’ समयसीमा तय गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको छ ।

पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

यस्तै तेस्रो तथा अन्तिम किस्ताका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणिकरणका लागि निवेदन दिनुपर्नेछ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानको किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *