Main News

प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १४:४४
प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

२१ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले दुई देशबीच असल मित्रता रहेको र कतिपय विषयमा रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास ब्यक्त गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिनुभएको हो । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका नरवणे आज स्वदेश फर्कनु हुनेछ ।

यसअघि नरवणेले आज बिहान सेनाको हेलिकप्टरमा चढेर सगरमाथासहित नेपालका हिमालको अवलोकन गर्नुभभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *