Main News

कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १३:१८
कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

२१ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ।

केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण देखिएको हो। उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ ।

उहाँहरूले आफूहरूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गर्नु भएको छ । हिजो गरिएको परीक्षणको रिपोर्ट आज पोजेटिभ आएपछि आफू होम आइसोलेसन बसेको पाण्डेले बताउनुभयो ।

पाण्डेको स्वास्थ्य अवस्था सामान्य छ भने मन्सुरको अस्पतालमा उपचार भइरहेको छ। मन्सुरलाई कात्तिक १९ गते वीरगञ्जबाट हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

यसअघि कांग्रेस केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, मीन विश्वकर्मा लगायत सात जनामा कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक नै सारिएको थियो। कांग्रेसले आउँदो सोमबार पनि केन्द्रीय समिति बैठक राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *