Main News

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयको प्रतिवाद गर्न आव्हान

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १३:१२
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयको प्रतिवाद गर्न आव्हान

२१ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा स्टाटस लेख्दै सरकारको निर्णयले दालमा केही कालो भएको संकेत गरेको उल्लेख गर्दै प्रतिवाद गर्न आग्रह समेत गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघमा देश÷राज्यका नाम उनीहरूको संविधान÷राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै भट्टराईले सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गर्नुभएको छ ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो ।

कानून मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ ।

त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एन इ पी ए एल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *