Main News
दलका शीर्ष नेता र माफियासँग साँठगाँठ रहेको डा. केसीको आरोप (भिडियोसहित)
२०७७ कार्तिक २० गते १९:३४

२० कात्तिक, २०७७ काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले दलका शीर्ष नेताको माफियासँग साठगाँठ रहेको आरोप लगाउनुभएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी डाक्टर केसीले दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिहेको आरोप लगाउनुभएको हो । सबै स्वास्थ्य र शिक्षण संस्था कार्यकर्ता भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको पनि आरोप उहाँले लगाउनुभयो ।
पूँजीवादी भनिने देशमा समेत शिक्षा र स्वास्थ्य व्यापारिकरण नभएको उल्लेख गर्दै डा। केसीले नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताउनुभयो ।
आफुसँग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको भन्दै उहाँले निरन्तर खवरदारी गरिरहने समेत बताउनुभयो ।
प्रतिक्रिया