Main News

तीन हजार ५१ नयाँ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २० गते १९:१६
तीन हजार ५१  नयाँ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु (भिडियोसहित)

२० कात्तिक, २०७७ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ६८ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार २०९ महिला र एक हजार ८४२ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमित ३६ हजार ५१४ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या तीन हजार ४३० रहेको छ ।

योसँगै निको हुनेको सङ्ख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । हाल देशभर एक हजार दुई सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।
ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५२ पुग्यो

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा १ हजार ३९८ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकामध्ये काठमाडौंमा हालसम्म सङ्क्रमितको सङ्ख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको सङ्ख्या ५१ हजार ८५९ रहेको छ ।

भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने निको हुने चार हजार ९१५ रहेका छन् ।

यस्तै ललितपुरमा कूल नौ हजार ६६३ सङ्क्रमितमध्ये सात हजार ३२२ जना निको भएका छन् । हाल दुई जिल्ला मनाङ र बाजुरा बाहेकका ७५ वटै जिल्लामा सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *