Main News

पायक पर्ने स्थान र अनलाइनबाट पनि त्रिविको परीक्षा दिन सकिने व्यवस्था

हिमालय टिभी
२०७७ कार्तिक २० गते ७:२७
पायक पर्ने स्थान र अनलाइनबाट पनि त्रिविको परीक्षा दिन सकिने व्यवस्था

२० कात्तिक, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ ।

लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन ।

त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।

त्रिविले यही मङ्सिर दोस्रो सातादेखि स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । प्रवेशपत्र पनि अनलाइनबाट विद्यार्थी आफैँले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको दाहालले जानकारी दिनुभयो ।

कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थिए । रजिष्ट्रार दाहालले केही दिनमै सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *