Main News

कोरोना संक्रमणबाट सुनसरीमा ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १३:०३
कोरोना संक्रमणबाट सुनसरीमा ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

१९ कात्तिक, २०७७, सुनसरी । कोरोना संक्रमणबाट सुनसरीमा ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका–१ की ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाट समेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आजै बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *