१८ कात्तिक, २०७७ काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भोलिदेखि हुने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण दुई देशबीचको रक्षा साझेदारी थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ।
दूतावासका प्रवक्ता नवीन कुमारले नरवणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने र थप संभावनाको खोजि गर्न दुवै पक्षलाई अवसर प्रदान गर्ने बताउनुभएको छ ।
यसैबीच भारतीय सेनाध्यक्ष नरवणले पनि भोलिदेखि हुने आफ्नो नेपाल भ्रमणका बारेमा बोल्नुभएको छ ।
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै नरवणेले दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने अवसर प्राप्त भएको भन्दै उहाँले त्यसका लागि आभार व्यक्त गर्नुभएको छ ।