Main News

तातोपानी नाका खुल्यो, सामान नआउँदा व्यवसायी मर्कामा

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १५:५७
तातोपानी नाका खुल्यो, सामान नआउँदा व्यवसायी मर्कामा

१८ कात्तिक, २०७७ तातोापनी । पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारदेखि शुरु भएपनि चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् ।

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा मार परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउनुभयो । समान ढिलो आउँदा स्याउ लगायतका खाद्य सामग्री कुहिन थालेको गुनासो गर्दै उहाँले निरन्तर नाका खोल्न माग गर्नुभयो ।

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीको माग छ । भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआँउदा व्यवसायी धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो ।

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारिले खरिद गरिसकेको सामान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको जानकारी दिनुभयो ।

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउन मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताउनुभयो । नाका पूर्ण रुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसर समेत वृद्धि हुने भएकाले छिटोभन्दा छिटो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *