भत्ता र मासिक तलब नपाएपछि वीर अस्पतालका कर्मचारी पुनः आन्दोलनमा

१८ कात्तिक, २०७७ काठमाडौं । कोभिड–१९ उपचारमा खटिएवापतको भत्ता र मासिक तलब नपाएको भन्दै वीर अस्पतालका कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालले तलब र अन्य सुविधा नदिएको भन्दै करारका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आज अस्पतालमै नाराबाजी समेत गरेका छन् ।
कोभिड– १९ संक्रमितको उपचारमा खटिएवापतको भत्ता, मासिक तलब दिन, पटकपटक आग्रह गरेपनि अस्पताल प्रशासन मौन रहेकाले आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ छ ।
फ्रण्टलाइनमा काम गर्ने वीरका कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् भने करारमा रहेका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
आन्तरिक आम्दानी घटेकाले कर्मचारीलाई तलब र भत्ताको व्यवस्थापन गर्न नसकिएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीको गुनासो छ । यसअघि पनि कर्मचारीले तलब र भत्ताको माग गर्दै आन्दोलन गरेका थिए ।
प्रतिक्रिया