प्रतिनिधिसभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य केसीको निधन

१८ कात्तिक, २०७७ पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ।
पोखरास्थित आफ्नै घरमा गएराति केसीको निधन भएको हो । उहाँमा लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।
पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका केसी तीन वर्ष अघिको प्रतिनिधिसभाको चुनाव अघि नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।
केसी समानुपातिकबाट सांसद बन्नुभएको हो। पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्चसमेत रहेका केसी नेपालकै सफल उद्योगी पनि हुनुहुन्थ्यो ।
रारा चाउचाउ, जलविद्युत आयोजना लगायतका विभिन्न व्यवसाय संचालन गरेका केसीले सामाजिक क्षेत्रमा पनि योगदान दिनुभएको थियो । सीकै कम्पनी रारा चाउचाउले प्रायोजन गर्ने आहारारा गोल्डकप पोखरामा मात्रै नभई देशविदेशमा पनि चर्चित छ ।
नेपाली केसीको निधनमा शोक प्रस्तावका लागि नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।
प्रतिक्रिया