Main News

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १५:५५
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी दर्ता

१७ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान समूहले पनि आज उम्मेदवारी दर्ता गरेको छ ।

उम्मेद्वारी दर्ताअघि काठमाडौंमा प्रधान समूहले आजै आफ्नो प्यानल घोषणा गरेको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा अब प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुनेछ ।

ढकालले यसअघि नै उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । प्यानल घोषणा कार्यक्रममा प्रधानले उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्षम रहेको दावी गर्नुभयो ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ छ । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

चैतमा हुनुपर्ने साधारणसभा तथा निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने छन् । त्यसैले महासंघको वरिष्ठ उपाध्यक्षमा चर्को प्रतिस्पर्धा हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *