फुटपाथ अतिक्रमण गर्नेलाई ललितपुर नगर प्रहरीले आजदेखि कारवाही गर्ने
१७ कात्तिक, २०७७, ललितपुर । ललितपुर नगर प्रहरीले आजदेखि फुटपाथमा पसल राख्नेलाई कारवाही गर्ने भएको छ ।
ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियान चलाएको नगर प्रहरीले आजदेखि फुटपाथ अतिक्रमण गर्नेमाथि कारवाही गर्ने भएको हो ।
महानगरपालिकाभित्रका सडक छेउ र फुटपाथमा जुनसुकै पसल राख्नेलाई कारबाही गरिने नगर प्रहरी प्रमुख सीताराम सीताराम हाछेथुले बताउनु भएको छ ।
अभियानको पहिलो चरणमा दुई महिनासम्म फुटपाथमा पसल गर्नेलाई सम्झाइ बुझाइ पसल हटाउन लगाएको र अब दोस्रो चरणमा अटेर गर्नेलाई कारवाही स्वरुप जरिवाना गराउने उहाँले बताउनु भयो ।
यस्तै तेस्रो चरणमा फुटपाथमा पसल राखेको पाइएमा सामान नै जफत गरिने छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले महानगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा होर्डिङ बोर्ड हटाउने, फुटपाथ अतिक्रमण गरी राखिएका विभिन्न पसल हटाउने काम गरिरहेको छ ।
योसँगै विभिन्न स्थानमा सडक अतिक्रमण गरी बनाइएका टहरा पनि हटाउने काम भइरहेको छ ।
प्रतिक्रिया