नेकपा कार्यकर्ता चौरसिया हत्याका आरोपी तिवारी पक्राउ
१७ कात्तिक, २०७७ पर्सा । सत्तारुढ नेकपा कार्यकर्ता मुकेश चौरसिया हत्याका मुख्य आरोपीमध्ये उत्तम तिवारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनलाई पक्राउ गरिएको हो । नेकपा गाउँपालिकास्तरीय सपथ ग्रहण कार्यक्रममा कुटाकुट हुँदा गम्भीर घाइते भएका मुकेश चौरसियाको मृत्युु भएसँगै अस्पतालबाटै फरार भएका विन्दबासिनी गाउँपालिका ५ प्रसौनीभाठाका उत्तम तिवारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
घटनामा घाइते तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारजनले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।
लामो समयदेखि मुद्दा दर्ता हुन नसक्दा चौरसिया हत्याका आरोपितहरू फरार रहेका थिए । घाइते भएका उत्तम तिवारी नेशनल मेडिकल कलेजको आकस्मिक कक्षबाट आइसीयूमा सर्ने बेला प्रहरीलाई झुक्याएर भागेका थिए ।उनीसँगै उनका भाइ चिन्टु तिवारीसमेत फरार भएका थिए ।
चौरसिया हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद् राजकुमार गुप्तासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १२ जना नेता कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत किटानी जाहेरी परेपछि ३ जना बाहेकका बाँकी फरार रहेका थिए ।
प्रतिक्रिया