Main News

सावधानी अपनाऔंः कोरोना भाइरस हाम्रै छेउछाउमा छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते २०:१६
सावधानी अपनाऔंः कोरोना भाइरस हाम्रै छेउछाउमा छ (भिडियोसहित)

१५ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण मृत्यु र गम्भीर हुनेको संख्या बढेको छ । कोरोनाबाट बच्न नागरिकले मास्क लगाउने, दूरी कायम गर्ने, साबुन पानीले हात धुने जस्ता उपाय अपनाइरहेका छन् । तर विज्ञले कोरोना संक्रमणबाट बच्न यी सावधानीले मात्रै नपुग्ने बताएका छन् ।

साबुनपानीले हात धुँदा, मास्क लगाउँदा, स्यानीटाइजर प्रयोग गर्दा, दूरी कायम गर्दा कोरोना संक्रमण हुने सम्भावना न्यून हुन्छ । तर यसोगर्दा कोरोना संक्रमणबाट शतप्रतिशत जोगिन सकिँदैन । हामीले गर्ने अन्य गतिविधिमा पनि सावधानी अपनाएनौँ भने हात धुँदा, मास्क लगाउँदा, स्यानिटाइजर प्रयोग गरिरहँदा पनि संक्रमण हुने सम्भावना उत्तिकै हुन्छ ।

अहिले कोरोना संक्रमण पुष्टि हुनेमा लक्षण देखिएका व्यक्ति मात्रै छैनन् । लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैले जोसुकैबाट जहिले पनि कोरोना संक्रमण हुन सक्छ । आफूले मास्क लगाएको छु, भनेर ढुक्क हुनुभन्दा पनि जिउ दुख्ने, ज्वरो आउने लगाएत कोभिडसँग मिल्दोजुल्दो समस्या देखिएमा तुरुन्तै पीसीआर परीक्षण गर्न पनि विज्ञको सुझाव छ ।

जेष्ठ नागरिक, दीर्घ रोगी कोरोना संक्रमणबाट बढी प्रभावित हुन सक्छन् । मुटु रोगी, कलेजो, मृगौला लगाएतमा समस्या देखिएका व्यक्तिहरु यो समयमा चिकित्सककै सम्पर्कमा बस्नुपर्छ । यस्ता व्यक्तिहरुमा संक्रमण भएमा केही समयमै अप्ठ्यारो हुने भएकाले पनि विशेष ध्यान दिनु आवश्यक छ ।

कोरोना संक्रमणबाट बच्न, हावा आवतजावत गर्ने ठाउँमा बस्न, आमनेसामुन्ने बसेर कुराकानी नगर्न, भिडभाड भएको बन्द कोठामा नबस्न पनि विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *