Main News

कोरोना नियन्त्रणका लागि मुस्ताङमा बाहिरी जिल्लाबाट प्रवेश रोक्ने निर्णय

हिमालय टिभी
२०७७ कार्तिक १५ गते ७:५३
कोरोना नियन्त्रणका लागि मुस्ताङमा बाहिरी जिल्लाबाट प्रवेश रोक्ने निर्णय

१५ कात्तिक, २०७७ मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजिटिभ देखिएको परिवार र उनको क्लोज कन्ट्रयाक ट्रेसिङ गरेर स्वाव संकलन गरेर पठाउने निर्णय गरेको जिल्ला प्रशासान कार्यालय मुस्ताङले जनाएको छ ।

आवश्यकता अनुसार क्वारन्टिन अनिवार्य गर्ने समेत निर्णय भएको छ । मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजावत नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकाले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धार मात्रै गर्न गाह्रो भएकाले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *