Main News

पाँच फूटबल खेलाडीलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १५:०९
पाँच फूटबल खेलाडीलाई कोरोना संक्रमण

१४ कात्तिक, २०७७ काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ ।

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फूटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरी शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो । अहिले पाँचै जना आइसोलेसनमा रहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् । गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँग खेलकूद क्षेत्र ठप्प भएका थियो, जसमा फूटबल पनि परेको थियो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन । तर सरकारले दशैं लगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *