Main News

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मोत्सव मनाइँदै

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १३:१६
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मोत्सव मनाइँदै

१४ कात्तिक, २०७७ काठमाडौं। नेपालसहित विश्वभर आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव मनाइँदैछ ।

‘मोहम्मद डे’ समेत भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।

तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । मोहम्मदको जन्मजयन्तीको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५ सय ७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।

मुस्लिम अगुवाहरुले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त संघर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *