Main News

कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर कैलालीमा तनाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १३ गते २०:१६
कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर कैलालीमा तनाव (भिडियोसहित)

१३ कात्तिक, २०७७, धनगढी । कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव गाडिएपछि धनगढीमा तनाव सिर्जना भएको छ । मानव बस्तीको बीचमा रहेको कव्रस्तानमा शव व्यवस्थापन गरिएसँगै स्थानीयले विरोध गरेका हुन् ।

बस्ती नजिकै शव व्यवस्थापन गरिएपछि धनगढी उपमहानगरपालिका–१ का बासिन्दाले विरोध गरेका हुन् । आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएका एक जनाको शव यहाँको कव्रस्तानमा व्यवस्थापन गरियो । शव व्यवस्थापन गरेसँगै स्थानीय भने विरोधमा उत्रिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की ५७ वर्षीय कोरोना संक्रमित महिलाको आज सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । मृत्युपछि नेपाली सेनाले वडा नम्बर १ मा रहेको कब्रस्तानमा शव व्यवस्थापन गर्‍यो । बस्तीको बिचमा शव व्यवस्थापन गरेको भन्दै उनीहरु जिल्ला प्रशासन र जनप्रतिनिधिसँग पनि आक्रोशित भए ।

आफूहरुलाई जानकारी नदिई यसरी शव व्यवस्थापन गरिएकोमा उनीहरुको आपत्ति छ । त्यस्तै अब वस्तीमै कोरोना संक्रमण फैलिने भन्दै उनीहरु डराएका छन् ।

सरकारी कार्यविधि अनुसार सावधानी अपनाएर कोरोना संक्रमितको शव व्यवस्थापन आफ्नो धार्मिक विधि अनुसार गर्न पाइने व्यवस्था छ । विज्ञका अनुसार कोरोना संक्रमितको शवबाट कोभिड सर्दैन । अझै व्यवस्थापन गरिएको शवबाट सर्ने कुुरै भएन ।

कोरोनाको विषयमा चेतनाको अभाव हुँदा संक्रमितको शव व्यवस्थापनमा यहाँ मात्रै होइन, थुप्रै ठाउँमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *