Main News

बारामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १२:५१
बारामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते

१३ कात्तिक, २०७७, बारा । बारामा भारतबाट अवैध बाटो भएर कृषिजन्य सामग्री ल्याउने किसान, स्थानीय र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

बाराको सुवर्ण गाउँपालिकाको २ कवहीगोठमा किसान र प्रहरीबीच भएको झडपमा ३ प्रहरी र दुई जना स्थानीय घाइते भएका हुन् ।

गएराति साढे ८ बजेतिर किसानले सीमा क्षेत्र भारतबाट प्याज, आलुको विउ र अन्य सामग्री नेपाल भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर समूह, स्थानीय र प्रहरीबीच झडप भएको हो ।

इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रहरी नायब निरीक्षक वीरेन्द्र गिरीको कमान्डमा खटिएको टोलीले अवैध तरिकाले नेपाल भित्रिदै गरेको अवस्थामा प्याज, आलुको विउसहित दुई वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

कवहीगोठबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर सदरमुकाम पठाउन खोज्दा स्थानीयले अवरोध गरेपछि झडप भएको थियो । झडप शुरु भएसँगै प्रहरी नायब निरीक्षक वीरेन्द्र सहनी घाइते हुनासाथ प्रहरीले आश्रुग्याससहित दर्जनभन्दा बढी हवाई गरेको थियो ।

प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् । टाउकोमा गोली लागेर सुवर्ण गाउँपालिका २ का १४ वर्षीय रन्जनकुमार यादव घाइते भएका हुन् । उनको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगञ्ज बयोधा अस्पताल रिफर गरिएको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।

प्रहरी हवलदार, प्रहरी जवान र एक स्थानीयको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक पङ्गेनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *