Main News

फूलपातीदेखि लगातार घटिरहेको कोरोना संक्रमितको संख्या आज एक्कासी कसरी बढ्यो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १९:४९
फूलपातीदेखि लगातार घटिरहेको कोरोना संक्रमितको संख्या आज एक्कासी कसरी बढ्यो ? (भिडियोसहित)

१२ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको संख्या दशैंको फूलपातीको दिनदेखि हिजोसम्म घट्दो क्रममा थियो । हिजो ५ सय ७० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भयो । तर आज फेरि १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भयो । कोरोना संक्रमितको संख्या पछिल्लो समय किन यसरी घटबढ भइरहेको छ त ?

कात्तिक ५ गते एकै दिन देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भयो । जुन एकैदिन भएको अहिलेसम्मकै धेरै संक्रमण हो । तर त्यसको एक हप्ता पनि नबित्दै हिजो ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताउँछ । हिजो संक्रमित भएको संख्या साउन १ गतेयताकै सबैभन्दा न्युन हो ।

यो तथ्याङ्क हेरेर तपाईलाई लाग्यो होला कोरोना संक्रमण घट्दै गएको छ भनेर, तर यथार्थ त्यस्तो होइन । संख्यामा कम देखिए पनि कोरोना संक्रमण उस्तै छ ।

सबैभन्दा धेरै ५ हजार ७ सय ४३ जनामा संक्रमण देखिएको कात्तिक ५ गते ‍‍‍‍ २० हजार १ सय १८ जनाको परीक्षण भएको थियो । परीक्षण गरिएकामध्ये २८ दशमलव ५४ प्रतिशतमा कोरोना पुष्टि भयो ।
र हिजो २ हजार ७ सय २५ जनाको परीक्षण गर्दा ५ सय ७० जनामा अर्थात २० दशमलव ९१ प्रतिशतमा संक्रमण देखिएको हो ।

दशैंको अवधिमा देशभरका धेरै प्रयोगशालाले पीसीआर परीक्षण गरेनन्, गरेकाले पनि थोरै संख्यामा गरे । परीक्षणका दायरा घट्यो र संक्रमितको संख्या पनि घटेको हो ।

आजदेखि भने परीक्षणको दायरा बढाउन थालिएको छ । त्यसैले आज ८ हजार २ सय ४८ जनाको परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण देखियो । जुन २३ दशमलव ६९ प्रतिशत हो । यसले धेरै परीक्षण गर्दा धेरै र थोरै परीक्षण गर्दा थोरै जनामा संक्रमण देखिएको छ । र जति धेरै परीक्षण गर्‍यो संक्रमितको प्रतिशत पनि उति नै धेरै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *