Main News

अब स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङ हप्तामा दुई दिन मात्र

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १६:४४
अब स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङ हप्तामा दुई दिन मात्र

१२ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणसम्बन्धी प्रेस ब्रिफिङ हप्तामा दुई दिन मात्र गर्ने बताएको छ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा हरेक दिन अपरान्ह ४.३० बजे सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *