Main News

बारामा पछिल्लो तीन वर्षमा ९५ जना बलात्कृत, ३८ जना बलात्कारी अझै फरार (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १६:१३
बारामा पछिल्लो तीन वर्षमा ९५ जना बलात्कृत, ३८ जना बलात्कारी अझै फरार (भिडियोसहित)

१२ कात्तिक, २०७७ बारा । बारामा पछिल्लो तीन वर्षमा ९५ वटा बलात्कारका घटना प्रहरीकोमा पुगेका छन् । जसमध्ये ७५ जना प्रक्राउ परेका छन् । ३८ जना अझै फरार छन् ।

बारामा वर्षैपिछे बलात्कारका घटना बढ्दै गइरहेको छ । बाराको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रमा बलात्कारका घटना धेरै हुने गरेको पाइएको छ । बलात्कारका अधिकांश घटनामा बालिका तथा किशोरी पीडित हुने गरेका छन् ।

तर त्यस्ता सबै घटना प्रहरीसम्म आइपुग्दैनन् । ग्रामीण क्षेत्रमा गाउँस्तरमै केही जनप्रतिनिधि, कथित भद्रभलादमीको पञ्चायतीबाटै आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउने गरिएको छ ।

पहिला पहिला बलात्कारका घटना गाउँघरमै गुपचुप रहने गरेको भए पनि पछिल्लो समय बलात्कारका उजुरी प्रहरीमा आउने गरेका छन् । बारा जिल्लामा पछिल्लो तीन वर्षमा ९५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । जसमध्ये यो आर्थिक वर्षमा ५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्क छ ।

बलात्कार आफैंमा एउटा अपराध हो भने घटनालाई गाउँ घरमै मिलाउन अर्को अपराध हो ।

बलात्कारजस्ता गम्भीर अपराधका घटनामा संलग्नलाई मिलापत्रका नाममा उन्मुक्ति दिनु हुँदैन । पीडकले सजाय पाउनैपर्छ र पीडितले न्याय । त्यसका लागि प्रहरी प्रशासनसँगै स्थानीय सरकार पनि लाग्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *