Main News

भारतीय गुप्तचर प्रमुख गोयल र प्रधानमन्त्री ओलीसहित शीर्ष नेतृत्वसँगको भेट रहस्यमय बन्दै

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १२:०८
भारतीय गुप्तचर प्रमुख गोयल र प्रधानमन्त्री ओलीसहित शीर्ष नेतृत्वसँगको भेट रहस्यमय बन्दै

१२ कात्तिक, २०७७ काठमाडौं । गत कात्तिक ५ गते नेपाल आएर ६ गते स्वदेश फर्किएका भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य शीर्ष नेतासँग पनि संवाद गरेको भन्ने कुरा रहस्यमय बन्दै गएको छ।

भारतीय सञ्चारमाध्यमहरुले रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई मात्रै नभई अन्य नेतालाई पनि भेटेको समाचार नाम नै तोकेर छापेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गोयलले भेटेका नेताहरुको सूचीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि छन्। तर प्रचण्ड, नेपाल, देउवा लगायत केही नेताले गोयलसँगको भेटलाई सार्वजनिक रुपमै खण्डन गरिरहेका छन्।

भारतको चर्चित पत्रिका द प्रिन्टको अनलाइन संस्करणले जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई भेटेको दाबीसहितको समाचार प्रकाशित गरेको छ।

गोयल दिल्ली उडेको पर्सिपल्ट अर्थात् शनिबार डा बाबुराम र पत्नी हिसिलालाई कोरोना पुष्टि भएको थियो। एक महिनादेखि देशभर राजनीतिक भेला र बैठक गर्दै हिँडेका बाबुरामलाई कोरोना पुष्टि भएपछि नयाँ दिल्लीमा रअ प्रमुख गोयल पनि सेल्फ आइसोलेसनमा बसेको दाबी द प्रिन्टले गरेको छ। तर बाबुरामको सचिवालयले भने उक्त भेटलाई खण्डन गरेको छ ।

बाबुरामका सहयोगी तथा जनता समाजवादीका नेता विश्‍वदीप पाण्डेले रअ प्रमुखसँग भएको भनिएको भेट सर्वथा झुट भएको दाबी गर्नु भएको छ ।

द प्रिन्टले किन एनएसए डोभाल र उनका मान्छे विदेश मन्त्रालय भन्दा नेपालमा चासो दिइरहेका छन् भन्ने शीर्षकको समाचारमा प्रधानमन्त्री ओली, बाबुराम र अन्य नेताहरुसँगको भेटेको चर्चासँगै नेपालमा भारतीय कूटनीति फेल भएको पनि चर्चा गरिएको छ।​

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *