Main News

आज पनि मान्यजनबाट टीका ग्रहण गरेर एकादशी पर्व मनाइँदै

हिमालय टिभी
२०७७ कार्तिक ११ गते ७:३६
आज पनि मान्यजनबाट टीका ग्रहण गरेर एकादशी पर्व मनाइँदै

११ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको अन्तर्गत आज एकादशी । आज पनि टीका आफ्ना मान्यजनबाट टीका लगाउने क्रम जारी छ ।

हिजो विजयादशीको मुख्य दिन टीका लगाउन छुटेकाहरुले आज पनि टीका लगाउने गर्दछन् । दशैंको टीका पूर्णिमासम्म नै लगाउने प्रचलन रहेको छ ।

बडादशैं अन्तर्गत नेपालका विभिन्न क्षेत्रमा आफ्नै किसिमको संस्कृति अनुसार दशैं मनाइन्छ । पश्चिम नेपालका कतिपय क्षेत्रमा दशमीको दिनमामात्र टीका लगाइन्छ । तर केही पश्चिमी क्षेत्रमा पूर्णिमैसम्म पनि टीका लगाउन थालिएको छ ।

काठमाडौंसहितका पूर्वी जिल्लाहरुमा भने पूर्णिमासम्मै टीका लगाउने चलन छ । केही क्षेत्रहरुमा भने एकादशीको दिन विश्राम लिएर द्बादशीको दिनदेखि पुनः टीका लगाउने गरिन्छ ।

दशमीको दिन घर परिवारमा र त्यस बाहेकका दिनमा भने आफन्तकहाँ टीका लगाउन जाने चलन छ । टीका लगाउनकै लागि सरकारले पहिलो पूर्णिमासम्म बिदा दिने गरेको भए पनि यसपटक एकादशीको दिनसम्म मात्र बिदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *