Main News

अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुले अस्पतालमै लगाए दशैंको टीका

हिमालय टिभी
२०७७ कार्तिक ११ गते ७:३१
अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुले अस्पतालमै लगाए दशैंको टीका

११ कात्तिक, २०७७ काठमाडौं । दशैंको बेला कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकाहरुले अस्पतालमै टिका लगाएर दशै मनाएका छन् ।

बाँकेको भेरी अस्पतालमा भर्ना भएकाहरुले त्यहीभित्रै टीका लगाएर दशैं मनाएका हुन् ।

संक्रमितको सेवामा खटिएका भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीले संक्रमितलाई टीका लगाएर शुभकामना दिंदै दशैं मनाएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

यस्तै दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका कोरोना संक्रमितहरुले पनि अस्पतालमै दशैं मनाएका छन्। कोरोना संक्रमणका कारण अस्पतालमा रहेका उनीहरुले आपसमा टीका लगाएर खुसी साटेका छन्।

​अस्पताल व्यवस्थापक द्रोणबहादुर वलीले आयोजना गरेको टीका कार्यक्रममा १८ जना संक्रमितले टीका लगाएका थिए।

कोरोना संक्रमणका कारण परिवार र आफन्तसँग दशैं मनाउन नपाएपछि सबै संक्रमितलाई आफैंले टीका लगाइदिएको उहाँको भनाइ छ ।
अस्पताल
अस्पतालमा १३ जना नर्स, ५ जना डाक्टर र ६ जना कार्यालय सहयोगी कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *