Main News

दिन-रात नभनी कोरोना संक्रमितको उपचार गर्ने डाक्टरको कथा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ११ गते ७:१९
दिन-रात नभनी कोरोना संक्रमितको उपचार गर्ने डाक्टरको कथा (भिडियोसहित)

११ कात्तिक, २०७७ बाँके । कोरोना जित्न यतिवेला संक्रमितहरु लडिरहेका छन् । कोरोना संक्रमितसँगसँगै स्वास्थ्यकर्मी र चिकित्सक यो लडाइँका सारथी बनेका छन् । उनीहरु यतिबेला दिन रात नभनी खटिरहेका छन् । तिनैमध्ये एक हुनुहुन्छ, भेरी अस्पताल डाक्टर प्रकाश थापा ।

नेपालगन्जको भेरी अस्पतालका बेड, कोरोनाका कारण गम्भिर भएका संक्रमितहरुले भरिन थालेका छन् ।

कोरोना संक्रमितहरु भरिएसँगै बिरामीको उपचारमा पनि प्रमुख थापा त्यत्ति नै धेरै सक्रिय हुनुहुन्छ । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल खचाखच छ ।

वर्षौदेखि चिकित्सा पेशामा रहनुभएको उहाँलाई यो वर्ष भने जीवनकै अविश्मरणीय क्षण भएको छ । किनभने उहाँसँगै भेरी अस्पतालको उपचार टोली दिनरात नभनी संक्रमित र अन्य विरामीको उपचारमा खटिएको छ ।

प्रमुख थापाको अहिले मात्रै होइन, कोरोनाका कारण विगत ८ महिनादेखिको दिनचर्या यस्तै छ । बिरामीहरुको उपचारमा खटिँदा न भोक भन्न पाउने अवस्था छ, न नै निन्द्रा । बिरामीकै उपचारमा खटिँदा परिवारलाई समेत समय दिन पाउनु भएको छैन ।

यसरी संक्रमितकै उपचारमा खटिँदा एक महिना अघि उहाँ लगाएत उहाँको परिवार नै कोरोना संक्रमण भयो । जस्ले गर्दा केही समय आइसोलेसनमा बस्नुभयो । तर निको भएपछि भने डाक्टर थापा फेरि अस्पताल फर्कनु भएको छ । संक्रमितको उपचार गरिरहनु भएका उहाँले संक्रमितलाई जोगाउन प्लाज्मा समेत दान गर्नुभयो ।

भेरी अस्पतालका डाक्टर प्रकाश थापा मात्रै होइन, कोरोना कहरमा ज्यानको प्रवाह नगरी देशभरीका स्वास्थ्यकर्मीेले बिरामीहरुको उपचार गरिरहेका छन् । भोक, तिर्खा, परिवार नै बिर्सिएर संकटको सारथी बनेका स्वास्थ्यकर्मीको जति प्रशंसा गरेपनि कमै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *