Main News

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १७:३८
खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पैसा तिर्न नसक्ने कोभिड बिरामीको उपचार निःशुल्क उपचार गर्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डाक्टर गुणराज लोहनीले आज विज्ञप्ती निकालेर खर्चको अभावमा बिरामीको उपचार नरोक्न अपील गर्नुभएको हो ।

कतिपय अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्दा रकम माग गरेको र रकम जम्मा नगर्न नसक्नेलाई उपचार सेवाबाट बञ्चित गरेको भन्दै मन्त्रालयले त्यसो नगर्न भनेको छ ।

कुनै पनि बिरामीलाई खर्चको अभावमा उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने पनि मन्त्रालयले स्मरण गराएको छ ।

उपचार खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न सबै सरकारी, सामूदायिक, निजी, गैरसरकारी अस्पतालहरु र मेडिकल कलेजलाई सरकारले भनेको छ ।

सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकामा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । तर कतिपय अस्पतालले संक्रमित पुग्ने वित्तिकै २ लाख रुपैयाँसम्म धरौटी माग्ने गरेका थिए ।

कतिपय अस्पतालले धरौटी नराख्ने विरामीलाई भर्ना नै गर्न मानेका थिएनन् । त्यसपछि यसबारे मन्त्रालयले आप्नो ध्यानाकर्षण भएको जनाएको छ ।

उपचार नपाएर विरामीको स्वास्थ्यमा असर परे त्यसको जिम्मेवारी सम्बन्धित अस्पतालले लिनुपर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *