Main News

कोरोना कहर: यसरी हुन सकिन्छ मानसिक रुपमा बलियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ८ गते २०:१३
कोरोना कहर: यसरी हुन सकिन्छ मानसिक रुपमा बलियो  (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । कोरोना कहरका कारण यस पटक दशैं हर्षोलासका साथ मनाउने वातावरण छैन । कोरोनासँगै मानसिक स्वास्थ्यमा पनि असर परिरहेको छ । यो अवस्थामा संयमित हुन चिकित्सकको आग्रह छ ।

दशैं भित्रिसकेको छ । तर गत वर्ष जस्तो यो वर्ष दशैंको उल्लास छैन । जताततै कोरोना संक्रमणको त्रास छ । लकडाउन र निषेधाज्ञाका कारण जनजीवन प्रभावित हुँदा धेरैको आम्दानी घटेको छ ।

त्यसैले कतिपयलाई दशैंले उत्साह थप्न सकेको छैन । बरु कोरोनाको त्रास, दशैंमा रमाइलो गर्न नपाएको चिन्ता, आफन्त साथीभाइ भेट्न नपाएको पीडाका कारण मानसिक स्वास्थ्यमा असर पुगिरहेको मनोचिकित्सकहरु बताउँछन् । दिनदिनै कोरोना संक्रमण र कोरोनाका कारण भएको मृत्यु लगायतका खबरले मनमा चिन्ता, डर पैदा भएको छ । त्यसैले डर चिन्ता नलिन मनोचिकित्सकको सुझाव छ ।

कोरोना लाग्ला कि रु मेरो परिवारका सदस्यलाई कोरोना छ कि रु कोरोना संक्रमण भयो भने के गर्ने रु यस्ता प्रश्न मनमा आउने र झनै चिन्ता बढ्ने समय पनि हुन सक्छ । त्यसैले अब अहिलेको परिस्थितिलाई स्वीकार गर्ने बानीको विकासले पनि मानसिक चिन्ताबाट पार पाउन सकिनेछ ।

कोरोनाका कारण यो दशैंमा गतवर्ष जस्तो गतिविधि भएका छैनन् । दशैंमा यात्रा गर्ने घटेका छन् । आफन्तसँगको भेटघाट पातलिएको छ । तैपनि मानसिक चिन्ताबाट पार पाउन आफ्नो वरिपरि भएका व्यक्ति, आफन्तसँगै दशैं मनाउने र सावधानी अपाउँदै खुसी हुने बानी पनि बसाल्नु पर्नेछ ।

मानसिक स्वास्थ्यमा असर पर्दा डिप्रेसन, माइग्रेनजस्ता थुप्रै समस्या देखिन सक्छ । त्यसैले यो अवस्थामा साथीसंगी, परिवार, आफन्तले एकअर्कालाई विभिन्न माध्यमबाट ढाडस दिने, सहयोग र माया गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *