Main News

पूर्व प्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १२:३७
पूर्व प्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

८ कात्तिक, २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. भट्टराई स्वयंले सामाजिक सञ्जालमार्फत् आफू र पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।

संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *