दशैंमा देश छोड्दै नागरिक, सरकार कता छ ? (भिडियोसहित)
७ कात्तिक, २०७७ कञ्चनपुर । चार्डपर्व नजिकिएसँगै सीमा नाकाको गड्डाचौकीमा भारतबाट फर्कनेको भिड लाग्थ्यो । घटस्थापनादेखि त नाकामा घर फर्कनेको भीड थामि नसक्नु हुन्थयो । तर यो वर्ष त्यस्तो भएन । नाका सुनसान रह्यो । चाडबाड मनाउन छाडेर उल्टै भारत जाने समेत भेटिए ।
उहाँ हुनुहुन्छ कञ्चनपुरका प्रकाश रावल । उहाँ दशैंको फूलपातीकै दिन कामका लागि भारत प्रस्थान गर्नुभएको छ । देशमा चाडबाड छ । तर यसपाली टीका लगाउन नहुने भएकाले उहाँ भारत जानुभएको हो ।
दशैं मान्न नहुने मात्र हैन। दशैं मान्नेहरु पनि कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत गएका छन् । त्यस्तै मध्येका एक हुनुहुन्छ कुमार बिक ।
चार्डपर्व परिवारसँग मिठो मसिनो खाँदै रमाउने समय हो । तर गरिबीमा जेलिएकाहरुले भने चार्डपर्वमा रमाउन पाएका छैनन् । उनीहरु त, मनभारी पार्दै स्वदेश छोड्न बाध्य छन् ।
एकतिर चाडबाड, अर्कोतिर कोरोनाको कहर । तैपनि चाडबाडमा काम खोज्दै भारत जानेहरुलाई कोरोनाको कुनै डर छैन ।
सरकारले भोकै मर्नू पर्दैन भनेको छ । तर यो भनाइले उनीहरुलाई छोएको छैन । मनमा कोरोनाको डर छ । तर कोरोना कहरकै बिचमा यो चाडबाडमा पनि नेपाली भारत गइरहेका छन् ।
प्रतिक्रिया