Main News

प्रधानमन्त्रीको सचिवालयले मुख खोल्यो, दशैं शुभकामनामा नयाँ नक्सा नै भएको दाबी

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १९:१५
प्रधानमन्त्रीको सचिवालयले मुख खोल्यो, दशैं शुभकामनामा नयाँ नक्सा नै भएको दाबी

७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीले शुभकामनामा प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको शुभकामना सन्देशमा नेपालको नयाँ नक्सा नै अंकित भएको निशान छाप प्रयोग गरिएको दाबी गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा सानो नक्सा प्रयोग भएका कारण चुच्चो नदेखिनु स्वभाविक भएको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *