Main News

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १४:५२
प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो चार बजेर २५ मिनेटमा नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।

पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर आलोचना भैरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको छ ।

त्यस्तै सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार सशुल्क गर्ने सरकारको निर्णयको पनि आलोचना भइरहेको छ । प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *