Main News

के गर्दैछन् नेपाल आएका भारतीय गुप्तचर प्रमुख गोयल ?

हिमालय टिभी
२०७७ कार्तिक ६ गते ७:४१
के गर्दैछन् नेपाल आएका भारतीय गुप्तचर प्रमुख गोयल ?

६ कात्तिक, २०७७ काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ ।

गोयललाई लिन नेपालको अध्यागमन विभागका अधिकारी र सुरक्षाकर्मी विमानमै पुगेका थिए ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको छ । भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको छ ।

उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियो ।

उक्त जहाज आज बिहान पौने १० बजे फर्कने गरी फ्लाइट प्लानमा आएको हो । गुप्तचरका प्रमुख गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए ।

गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपालल, डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने तालिका छ । गोयलसँगै आएका अरुण जैन भूकम्पको बेला नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिए ।

गुप्तचरले प्रधानमन्त्री निवासमा न्यानो स्वागत पाउँदा दुई देशबीच हुनुपर्ने कूटनीतिक स्तरमा हुनुपर्ने संवाद भने रोकिएको छ । गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *