Main News
कोरोना नियन्त्रणमा सरकार सफलः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)
२०७७ कार्तिक ५ गते १८:५१

५ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना नियन्त्रणमा आफू सफल भएको दाबी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले निकालेको प्रमुख उपलब्धी नामक किताबको सार सुनाउँदै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दाबी गर्नुभएको हो ।
सकरकारले कोरोना संक्रमण नियन्त्रणमा सफलता हासिल गरेको दाबी गरेपनि नागरिक भने असन्तुष्ट छन् ।
कोरोना नियन्त्रणमा सरकारले खेलेको भूमिका प्रभावकारी नभएको भन्दै सरकारको आलोचना भैरहेको छ। तर सरकारले भने राम्रो काम गरेको दाबी गर्न छाडेको छैन ।
प्रतिक्रिया