Main News

भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल काठमाडौंमा

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १७:०५
भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल काठमाडौंमा

५ कात्तिक, २०७७ काठमाडौं । भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौँ आउनुभएको छ ।

भारतीय वायू सेनाको विशेष विमानमार्फत गोयल काठमाडौं आउनुभएको हो । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले गोयल काठमाडौं आएको पुष्टि गरेका छन् ।

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउनुअघि रअका प्रमुख गोयलको नेपाल भ्रमणको एजेन्डा के छ भन्ने सार्वजनिक गरिएको छैन ।

गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

दिउँसो पौने एक बजे नेपाल आएका गोयल बेलुकी ९ बजे फर्कने स्रोतले जनाएको छ । भारतीय दुतावासले पनि गोयलको भ्रमणबारे केही बोलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *