कोरोना संक्रमित कर्मचारीलाई छुट्टै विदा दिने तयारी
५ कात्तिक, २०७७ काठमाडौं । कोरोना सङक्रमित राष्ट्रसेवक कर्मचारीलाई छुट्टै विदा दिइने भएको छ । त्यसका लागि छलफल प्रस्ताव केही दिनमै मन्त्रिपरिषद्मा लैजाने तयारी छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै विदा दिने विषयमा छलफल अगाडि बढाएको छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै विदा दिने हाल कानूनी व्यवस्था नरहेकाले विदा दिनुपर्छ भनेर मन्त्रिपरिषदमा दुईतीन दिनमै प्रस्ताव लैजान तयारी गरेका जानकारी दिनुभयो ।
हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको मन्त्रालयका प्रवक्ता अधिकारीको भनाइ छ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कोरोनाको जाखिममा राष्ट्रसेवकलाई विशेष सुविधा दिनु पर्ने माग गरेको छ ।
प्रतिक्रिया