Main News

जनताको चाहना र मागअनुसार नै कोरोना परीक्षण र उपचारमा शुल्कः स्वास्थ्यमन्त्री ढकाल

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १८:४१
जनताको चाहना र मागअनुसार नै कोरोना परीक्षण र उपचारमा शुल्कः स्वास्थ्यमन्त्री ढकाल

४ कात्तिक, २०७७ काठमाडौं । सरकारले नागरिकको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा पैसा लिने निर्णय गरेको दाबी गरेको छ ।

कोरोना संक्रमितको परीक्षण र उपचार शुल्क संक्रमितसँगै असुल्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । तर पनि आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नागरिकको चाहना अनुसार नै उपचारमा पैसा लिने निर्णय भएको दाबी गर्नुभयो ।

सक्नेले पैसा तिरेर उपचार गर्ने तर नसक्नेलाई सरकारले उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्री ढकालले बताउनुभयो । निःशुल्क उपचार लिन चाहनेले कुनै पनि झन्झटिलो प्रक्रिया पूरा गर्नु नपर्ने उहाँले दाबी गर्नुभयो ।

आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेको निःशुल्क परीक्षण र उपचार हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *