Main News

कोरोना कहरले यसरी खोस्यो दशैंको रौनक (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १३:४६
कोरोना कहरले यसरी खोस्यो दशैंको रौनक (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । दशैं नेपालीहरुको ठूलो चाड हो । दशै आएसँगै सबैको घर र मनमा खुसी छाउने गर्छ । तर यो वर्ष भने दशैं घरआँगनमै आइपुग्दासमेत नागरिकमा उत्साह र उमंग छैन ।

घमाइलो दिन, खेतमा लहलह धानका बाला, खुलेको निलो आकाशमै उडेका चङ्गाले दशैंको स्वागत गरिरहेका छन् । शरद ऋतुको यो मौसमले दशैंलाई स्वागत गरे पनि आम नागरिकले भने मनैदेखि दशैं भित्र्याउन सकेका छैनन् ।

काठमाडौं उपत्यकासहित देशभर बढेको कोरोना संक्रमणको ग्राफले त्रस्त नागरिकमा दशैंको उमंग र उत्साह छैन । नागरिकमा एकातिर कोरोनाको त्रास भने अर्कोतिर रित्तो गोजी।

कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए । दशैंका लागि चैत बैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपाली एक सुको बचाउन सकेनन् । त्यस्तै मध्येकी एक हुनुहुन्छ । काठमाडौंकी पार्वती थापा ।

चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोर परारको जस्तो किनमेल गरेर र हर्सोल्लासका साथ दशैं मनाउने अवस्था छैन । अर्थात कोरोनाको त्रासका कारण मात्रै होइन, यसपटक दशैं पैसा नभएकाले पहिले जस्तो हुने छैन ।

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसले यतिबेला फुर्सदमा छन् । पसल खाली खाली छन् । पसल खाली भएसँगै काठमाडौंका मेघराज गौतमको मन पनि रित्तो छ ।

कोरोना कहरलाई केहीले कमाउने माध्यम बनाएका छन् । विपदमा कमाउन पल्केकाहरुले यसलाई पनि दुरुपयोग गरे । तर आम नागरिकको स्थिति यस्तो छैन ।

दैनिक ज्याला मजदुरी गर्नेहरु अहिले पनि कस्ले खाना बाँड्छ, र खान पाइएला भन्ने स्थितिमा छन् । अब सरकारले दुखमा परेका नागरिकका लागि के गर्छ, त्यसले नै उनीहरुको खुसी फर्काउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *