Main News

अस्पताल भर्ना गर्नुपर्ने कोरोना संक्रमितको लुम्बिनी प्रदेश सरकारले निःशुल्क उपचार गर्ने

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १२:५७
अस्पताल भर्ना गर्नुपर्ने कोरोना संक्रमितको लुम्बिनी प्रदेश सरकारले निःशुल्क उपचार गर्ने

४ कात्तिक, २०७७, बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ।

मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा स्टाटस लेखेर प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितको उपचार निःशुल्क गर्ने स्पष्ट गर्नु भएको हो ।

यसअघि संघीय सरकारले गरिब, विपन्न तथा अशक्तबाहेकका कोरोना संक्रमित बिरामीको शुल्क लिने बताएको भए पनि लुम्बिनी प्रदेशका चारवटै अस्पतालमा निःशुल्क नै गरिएको हो ।

कोरोना संक्रमितको उपचारमा शुल्क लिने संघीय सरकारको निर्णयको चर्को आलोचना भइरहेको छ । सरकारले यसअघि नै निःशुल्क गर्दै आएको उपचारलाई रोक्न र शुल्क लिन प्रदेश सरकार र मन्त्रालयमार्फत कुनै पनि परिपत्र नगरिएको र निःशुल्क उपचारको व्यवस्था यथावत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीस्थित केन्द्रिय आयुर्वेद अस्पताल र भेरी अस्पताल बाँकेलाई कोरोना विशेष अस्पतालको रुपमा छुट्याएर संक्रमितको उपचार भइरहेको छ। यी अस्पतालमा अहिले एक सय ६६ जना संक्रमितको उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *