Main News

सरकारी निर्णय विरुद्ध सत्तापक्ष र विपक्षको एउटै स्वर (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ३ गते २०:३८
सरकारी निर्णय विरुद्ध सत्तापक्ष र विपक्षको एउटै स्वर (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । सरकारले नागरिकको कोरोना भाइरसको परीक्षण र उपचार नगर्ने निर्णय गरेपछि सर्वत्र विरोध भइरहेको छ । सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको भन्दै नागरिक, सत्तापक्षकै नेता कार्यकर्तादेखि विपक्षी दलले विरोध गरिरहेका छन् । सरकारलाई निर्णय फिर्ता लिन दबाब भइरहेको छ ।

सरकारको यो निर्णय कसैलाई पनि चित्त बुझेको छैन् । आमनागरिक, सत्तापक्षकै सा‌ंसद र प्रमुख प्रतिपक्षी दलले सरकार जिम्मेवारीबाट पन्छिएर संविधान विपरीत हिँडेको भन्दै आक्रोश पोखेका छन् । नेपाली कांग्रेसले कोरोनाको महामारीबाट सरकार भाग्न नमिल्ने भन्दै संवेदनशील हुन आग्रह गरेको छ । उसले सरकार भएको प्रमाणित गर्न चुनौती दिएको छ।

जनता समाजवादी पार्टी नेपालले पनि उपचारको जिम्मेवारीबाट पछि हट्ने सरकारको कदमप्रति आक्रोश व्यक्त गरेको छ । संवैधानिक जिम्मेवारीबाट सरकार भागिरहेको भन्दै उसले उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नागरिक र विपक्षी दल मात्रै होइन सत्तापक्षकै सांसदले पनि सरकारको यो निर्णयलाई गलत भनेका छन । मुलुकको संविधान र पार्टीको सिद्धान्त विपरीत नहिँडन सरकारलाई सत्तारुढ दलकै नेताको सुझाव छ । कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्न नसक्ने हो भने चित्तबुझ्दो जवाफ सहित आउन सरकारलाई आग्रह छ ।

महामारीको विषम परिस्थितिमा सरकार आफ्नो जिम्मेवारीबाट भागिरहेको छ । जुन आफैमा निन्दनीय कदम हो । नागरिकप्रतिको दायित्व उसले निभाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *