Main News

उपत्यकाका सबै यातायात कार्यालय भोलिदेखि बन्द हुने

हिमालय टिभी
२०७७ कार्तिक २ गते १८:३२
उपत्यकाका सबै यातायात कार्यालय भोलिदेखि बन्द हुने

२ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय भोलिदेखि बन्द हुने भएका छन् ।

कार्यालयमा सेवाग्राहीको चाप बढेको र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेको भन्दै यातायात कार्यालयले सूचना निकालेर सेवा बन्द गर्न लागिएको जनाएका हुन् ।

अन्य कार्यालय बन्द भए पनि चाबाहिलको कार्यालय भने खुल्लै रहनेछ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपत्यकाका ५ वटा कार्यालय बन्द भइसकेका छन् ।

काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालय सेवाग्राहीको धेरै भीडभाड हुने प्रमुख कार्यालयमा पर्छन् ।

कोरोना भाइरसको जोखिमै कारण कार्यालयबाट सवारी चालक अनुमति पत्रको काम तथा परिक्षा भने चैत ११ गतेदेखि नै बन्द छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *