नर्सिङ लाइसेन्सको परीक्षा काठमाडौंमा मात्र हुने

२ कात्तिक, २०७७ काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको आगामी मंसिर १३ गते हुने लाइसेन्स परीक्षाको केन्द्र काठमाडौंमा मात्र हुने भएको छ।
सरकारले यातायातका साधन सबै सञ्चालन गरेपछि काउन्सिलले काठमाडौंमा मात्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। काउन्सिलले यसअघि प्रदेशगत रुपमा लाइसेन्स परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।
प्रवीणता प्रमाणपत्र तह , बीएससी नर्सिङ र नेशनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले व्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने काउन्सिलले जनाएको छ ।
काउन्सिलले असोज ४ गतेदेखि कात्तिक ३ गतेसम्म परीक्षामा सहभागी हुन अनलाइन फारम भर्नुपर्ने म्याद तोकेको छ । यो समयमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर तितेर कात्तिक ४ गतेदेखि १५ गतेसम्म फारम भर्न सक्नेछन् ।
कोभिड–१९ का कारण परीक्षा सामेल हुने सबै विद्यार्थीले अनिवार्य मास्क लगाएर आउन पनि काउन्सिलले अनुरोध गरेको छ। परीक्षामा करिब तीन हजार परीक्षार्थी सहभागी हुनेछन् ।
प्रतिक्रिया