Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २ गते १३:०२
देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

२ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो पटक नेपालमा कोराना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मोरङमा दुई तथा सुनसरी र बाँकेमा एकएक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल उपाचारका क्रममा गएराति मृत्यु भएको छ । विराटनगर(७ का ८६ वर्षीय वृद्धको आज बिहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । बृद्ध क्यान्सर रोगबाट पनि पीडित थिए ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । असोज २६ गते संक्रमण पुष्टि भएपछि उनी अर्को दिन अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

असोज १६ गते संक्रमण पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका पुरुषलाई ११ दिन पछि भेरी अस्पतालमा सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *