Main News

उदयपुरमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु, तीन जना घाइते

हिमालय टिभी
२०७७ कार्तिक २ गते ८:०२
उदयपुरमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु, तीन जना घाइते

२ कात्तिक, २०७७ उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन जना घाइते भएका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने
३ जना घाइते भएका छन् । घाइते तीन जनाकै अवस्था गम्भीर रहेको बताइएको छ ।

बा २० च ७१७१ नम्बरको जिप भैरहवाबाट ओखलढुंगातर्फ गइरेको थियो । मृतक मध्ये दुई जनाको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश–१ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान भएको छ ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।

सडकबाट करिब ९०० मिटर तल खसेको जिपको ब्रेक फेल भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान छ । घाइतेलाई कटारी अस्पताल हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *