Main News

आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

हिमालय टिभी
२०७७ कार्तिक २ गते ७:३२
आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

२ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ ।

बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्ने चलन रहेको छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा नित्य पूजा गरिंदैछ । कोरोना संक्रमणका कारण शक्तिपिठहरुमा नित्य पूजा मात्र गरिन लागेको हो ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भऽकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

तर कोरोनाका कारण मन्दिरमा पूजा आराधनामा कडाइ गरिएकाले बाहिरबाटै दर्शन गरेर फर्किरहेका छन् ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि केही मात्रामा भक्तालुहरु पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *